*"असल शिक्षा"*
एउटा ठूलो गाडी आएर बजारमा रोकियो,कारमा एक महिला मोबाइलमा कुरागर्दै थिइन्,
उनीले आफ्नो सानी बच्चीलाई भनिन् , जा त्यो बुढीलाई सोध सब्जी के भाउमा दिने रहिछन् ,
सानी बच्चीकारबाट ओर्लेर भन्छिन् :- ए बुढी यो सब्जी कसरी हो?
सब्जीवालीले भनिन् -: ४० रुपैयाँ किलो नानी...
सब्जी लिएर त्यो बच्चीले सय रुपैयाँ सब्जीवालीलाई फालेर कारमा आएर बसिन्।
कार जानलागेको थियो अचानक कारको सिसामा कसैले टक टक गरेको आवाज आयो।
महिलाले हेरिन् एक सानी बच्चीले ६० रुपियाँ दिदै भनिन् :- आन्टी यो तपाईंको सब्जी किनेर फर्केको पैसा हो , तपाईको छोरीले लिन भुल्नु भयो र म फिर्तागर्न आएकी हुँ लिनुस्।
कारमा बसेको महिलाले भनिन् :- तिमी राख,
त्यो बच्चीले निकै सुन्दर तरिकाले भनिन् :- आन्टी हामीले लिनुपर्ने जति पैसा थियो त्यो लिएर बाकी पैसा तपाईको हो त्यहीँ फर्काउन आएकी हुँ यो पैसा हामी लिन सक्दैनौं।
म हजुर प्रती आभारी छु , तपाईं हाम्रो पसलमा आउनुभयो आशा छ यदि सब्जी राम्रोलागे फेरिपनि अवश्य आउनु हुनेछ यति भनेर हात जोडेर आफ्नो पसलमा फर्किन....
कारमा बसेकी महिला त्यो बच्चीको कुराले निकै प्रभावित भइन् र कारबाट ओर्लेर फेरि सब्जी पसलमा जान थालिन्।
तिनी नजिक के पुगेकी थिइन् ,
सब्जीवालीले आफ्नी छोरीलाई सोधिन्, :- तिमीले राम्रोसंग कुरा गर्यौ हैन त? केही भन्ने मौका त दिएनौं नि? बच्चीले भनिन् :- आमा मलाई हजुरले सिकाउनु भएको हरेक कुरा याद छ , कहिल्यै आफूभन्दा ठुलोको अपमान गर्नु हुँदैन , उनीहरूसंग सम्मानले कुरागर्नुपर्छ ,उनीहरूको कदरगर्नुपर्छ , मलाई हजुरको हरेक कुरा याद छ, म सदैब याद राख्नेछु हजुरले दिएको असल शिक्षाले नै हो आज म आफ्नो शिर उच्च पारेर हिड्ने भएकी छु।
बच्चीले भनिन् :- आमा अब म स्कुल जान्छु र भरे यहीँ आउनेछु... कारको महिला लाजले केही नबोली फर्केर गइन्। सोच्न थालिन् एक सब्जीवालीले आफ्नो छोरीलाई शिष्टाचार र ठुलोसंग सम्मानजनक ब्यवहारको पाठ सिकाइरहेकी थिइन्। तर म आफ्नी छोरीलाई उच, नीच , धनी, गरीबको पाठ सिकाउँदै छु धिक्कार छ!
साभार